आर्थिक प्रशासन शाखामार्फत कार्यालयको बजेट, लेखा तथा वित्तीय व्यवस्थापनसम्बन्धी कार्यहरू सम्पादन गरिन्छ। यस शाखाले वार्षिक बजेट तथा कार्यक्रम व्यवस्थापन, आय-व्ययको लेखा राख्ने, वित्तीय कारोबार सञ्चालन, खर्च व्यवस्थापन, आर्थिक प्रतिवेदन तयार गर्ने तथा प्रचलित आर्थिक ऐन, नियम र वित्तीय कार्यविधिअनुसार कार्यालयका आर्थिक गतिविधिहरूलाई व्यवस्थित, पारदर्शी तथा प्रभावकारी रूपमा सञ्चालन गर्ने कार्य गर्दछ।