कर्मचारी प्रशासन शाखामार्फत कार्यालयको जनशक्ति तथा प्रशासनिक व्यवस्थापनसम्बन्धी कार्यहरू सम्पादन गरिन्छ। यस शाखाले कर्मचारी नियुक्ति, पदस्थापन, सरुवा, हाजिरी, बिदा, व्यक्तिगत विवरण तथा अभिलेख व्यवस्थापनलगायत कर्मचारीसम्बन्धी प्रशासनिक कार्यहरू सञ्चालन गर्दछ। साथै, कार्यालयको दर्ता-चलानी, पत्राचार, अभिलेख व्यवस्थापन, कार्यालय सञ्चालन तथा अन्य प्रशासनिक कार्यहरूलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक समन्वय तथा सहजीकरण गर्ने कार्य समेत यस शाखाबाट गरिन्छ।