स्वच्छ पानी, सुरक्षित सरसफाइ र समृद्ध समुदाय हाम्रो लक्ष्य।

Government of Nepal

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, बारा (WSSDO Bara) मा स्वागत छ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, बारा सुरक्षित, गुणस्तरीय तथा दिगो खानेपानी र सरसफाइ सेवाको पहुँच प्रत्येक नागरिकसम्म पुर्‍याउने उद्देश्यका साथ कार्यरत छ। कार्यालयले खानेपानी तथा सरसफाइ आयोजनाहरूको योजना, निर्माण, सञ्चालन तथा अनुगमनमार्फत जनस्वास्थ्य सुधार, जीवनस्तर उकास्न तथा समग्र सामाजिक–आर्थिक विकासमा योगदान पुर्‍याउँदै आएको छ।

स्थानीय तह, उपभोक्ता समिति तथा सरोकारवाला निकायहरूसँगको सहकार्यमा स्वच्छ खानेपानी, सुरक्षित सरसफाइ तथा स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्दै दिगो र समावेशी विकासतर्फ अग्रसर रहनु हाम्रो प्रतिबद्धता हो।