सरसफाई शाखामार्फत सरसफाई तथा स्वच्छता प्रवर्द्धन, सुरक्षित सरसफाई सेवाको पहुँच विस्तार तथा सरसफाईसम्बन्धी कार्यक्रमहरूको योजना, कार्यान्वयन, अनुगमन र मूल्याङ्कनका कार्यहरू सम्पादन गरिन्छ। साथै, फोहोरपानी तथा ढल व्यवस्थापन, वातावरणीय स्वच्छता र सरसफाईसम्बन्धी जनचेतना अभिवृद्धिका लागि आवश्यक समन्वय, सहजीकरण तथा प्राविधिक सहयोग प्रदान गर्ने कार्यहरू यस शाखाबाट गरिन्छ।