खानेपानी तथा सरसफाई डिभिजन कार्यालयअन्तर्गतका चारवटा शाखामध्ये खानेपानी व्यवस्थापन शाखा एक प्रमुख शाखा हो। यस शाखामार्फत खानेपानी आयोजना तथा प्रणालीको योजना, विकास, कार्यान्वयन, अनुगमन तथा व्यवस्थापनसम्बन्धी कार्यहरू सम्पादन गरिन्छ। साथै, सुरक्षित तथा गुणस्तरीय खानेपानी सेवाको पहुँच विस्तार, खानेपानी आयोजनाको सञ्चालन तथा व्यवस्थापनमा सहजीकरण, प्राविधिक समन्वय तथा आवश्यक अनुगमन र मूल्याङ्कनका कार्यहरू समेत यस शाखाबाट सम्पादन गरिन्छ।